काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनामा काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ ।
काठमाडौंका १० तथा ललितपुरका २ र भक्तपुरका २ वटा क्षेत्रमा प्रतिस्पर्धीभन्दा फराकिलो अन्न्तरले रास्वपा उम्मेदवार अग्रस्थानमा छन् ।
काठमाडौं–१ मा रञ्जु दर्शना जितको निकट पुगिसकेकी छन् । काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा बिराजभक्त श्रेष्ठ, काठमाडौं–९ मा डीपी अर्याल र काठमाडौं–१० मा प्रदीप विष्टले अग्रता कायम गरेका छन् ।
यसैगरी ललितपुर–२ मा जगदीश खरेल र ललितपुर–३ मा तोसिमा कार्कीले अग्रता लिएका छन् । ललितपुर–१ मा भने कांग्रेसका उदयशम्शेर राणाले अग्रता लिएका छन् ।
भक्तपुरका दुवै क्षेत्रमा रास्वपा उम्मेदवारहरू अगाडि रहेका छन्। नेमकिपाको गढ मानिने भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित अग्रस्थानमा छन भने नेमकिपाका प्रेम सुवालले उनलाई पछ्याइरहेका छन् ।
यसैगरी भक्तपुर–२ मा राजीव खत्रीले अग्रता लिँदा एमालेका उम्मेदवार महेश बस्नेत पछि परेका छन् ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend