Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • निर्वाचन सम्पन्न गर्ने सरकारको योजना सफल भयो: गृहमन्त्री अर्याल


    बिहिबार, फाल्गुन २१ २०८२
    835
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबारको निर्वाचनलाई ‘अभूतपूर्व’ भनी टिप्पणी गरेका छन् । निकै शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको भन्दै उनले सरकारको योजना सफल भएको बताएका हुन् ।

    मतदान प्रक्रिया अवरुद्ध नहोस् र कहिँ पनि फेरि मतदान गर्न नपरोस् भनेर सुरक्षा सतर्कता अपनाएको भन्दै उनले भने ‘दिउँसो केही ठाँउमा छिटफुट घटना भएपछि फेरि मतदान अघि बढेको छ । कामना गरौं, त्यो स्थिति नआउला ।’

    आफूहरुले सोचेको कुरा पूरा भएको भन्दै उनले निर्वाचनको इतिहासका जानकारहरुले पनि विगतमा यो खालको शान्तिपूर्ण निर्वाचन नदेखेको बताए ।

    विगतको तुलनामा केही कम मत खसेको हुनसक्ने भन्दै उनले निर्वाचन सुरक्षामा गरिएको कडाईले फर्जी मत नखसेकाले अनुपात घटेको हुनसक्ने प्रतिक्रिया दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार