काठमाडौं । देशभर उत्साहजनक मतदान भइरहँदा विभिन्न जिल्लाका केही मतदान केन्द्रमा मतदाताहरूले सामूहिक रूपमा निर्वाचन बहिष्कार गरेका छन् ।
ओखलढुङ्गा, दार्चुला, दाङका केही मतदान केन्द्रमा स्थानीयले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै मतदान प्रक्रियामै सहभागी नभएका हुन् ।
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित टोक्सेल मतदान केन्द्रमा स्थानीयले सामूहिक रूपमा मतदान बहिष्कार गरेका छन् ।
प्रदेश सरकारले सो क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने आश्वासन दिए पनि काम सुरु नगरेको विरोधमा ७०१ जना मतदाता रहेको सो केन्द्रमा कोही पनि मतदान गर्न नगएका हुन् ।
मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले सो केन्द्रमा पुग्दा कोही पनि मतदाता फेला नपरेको र स्थानीय ‘नो भोट’ को स्थितिमा रहेको जानकारी दिए । गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले अस्पताल निर्माणको काम नहुँदा स्थानीयमा आक्रोश बढेको बताए ।
त्यस्तै दार्चुलाका दुई वटा मतदान केन्द्रमा बिहानैदेखि एक जना पनि मतदाता मतदानका लागि उपस्थित भएका छैनन् । दार्चुलाका मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार नौगाढ गाउँपालिका–१ नागुस्थित गौरीशंकर माध्यमिक विद्यालय र अपि हिमाल गाउँपालिका–३ को दुधिलास्थित झुक्सु मतदान केन्द्रमा मतदाताहरू आएका छैनन् ।
६०२ मतदाता रहेको गौरीशंकर मावि र ३४६ मतदाता रहेको झुक्सु केन्द्रमा निर्वाचन टोलीले सबै तयारी पूरा गरी सुरक्षा व्यवस्था चुस्त राखे पनि १० बजेसम्म कोही पनि नआएको गिरीले जानकारी दिए ।
स्थानीयले ‘नो भोट’ भन्दै विरोध गरेको सुनिए पनि मतदानमा सहभागी नहुनुको यकिन कारण भने अझै खुल्न सकेको छैन । मुख्य निर्वाचन अधिकृत गिरीले साँझसम्म मतदाताहरू आउने अपेक्षा राख्दै मतदान केन्द्रमा कर्मचारीहरू पर्खेर बसिरहेको बताए ।
त्यसैगरी दाङको बबई गाउँपालिकाका दुई मतदान केन्द्रमा पनि मतदाताले पूर्ण रूपमा निर्वाचन बहिष्कार गरेका छन् । आफ्नो बस्ती स्थानान्तरण हुनुपर्ने माग राज्य र सरोकारवाला निकायले नसुनेको भन्दै बबई गाउँपालिका वडा नम्बर १ को जनता मावि जिला र वडा नम्बर ७ मलईस्थित देउती मावि तल्लो मलई केन्द्रका मतदाताहरू मतदानमा सहभागी नभएका हुन् ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend