Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दोलखामा मतपत्र लुटिएपछि बुथ एजेन्ट नै प्रहरीको नियन्त्रणमा


    बिहिबार, फाल्गुन २१ २०८२
    240
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा रोकिएको मतदान अझै सुरु हुन सकेको छैन । कर्मचारीमाथि हातपातको प्रयासभएपछि प्रहरीले हवाई फायर गरेको थियो ।

    त्यसपछि रोकिएको मतदान अझै सुरु हुन नसकेको हो । सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले रोकिएको मतदान सुरु नसकेको र छलफल जारी रहेको जानकारी दिए ।

    बुथमा दलका प्रतिनिधि (एजेन्ट)ले नै मतपत्र लुटेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ? प्रश्नमा उनले थपे, ‘नियन्त्रण होइन । सुरक्षित ठाउँमा राखेका हौँ । दलका केही प्रतिनिधिले मतपत्र लुट्न खोजेपछि समस्या भएको चाहिँ हो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार