काठमाडौँ । नेपाल एयरलाइन्सले मध्यपूर्वका दुई गन्तव्यका निर्धारित उडान रद्द गरेको जनाएको छ। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै दमाम (साउदी अरब) र दोहा (कतार)का लागि तय गरिएका उडानहरू सञ्चालन गर्न नसकिने जानकारी गराएको हो।
आगामी दिनमा दुबई, दोहा र दमाम गन्तव्यतर्फ हुने उडानसम्बन्धी अद्यावधिक विवरण प्राप्त नगरी विमानस्थल नआउन यात्रुहरूलाई कम्पनीले अनुरोध गरेको छ। उडानको अवस्थाबारे जानकारी लिन कम्पनीको आधिकारिक सूचना, वेबसाइट वा तोकिएको सम्पर्क नम्बरमार्फत पुष्टि गर्न आग्रह गरिएको छ।
मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण हवाई यातायात प्रभावित भइरहेको सन्दर्भमा नेपाल एयरलाइन्स मात्र नभई अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका उडानहरूमा समेत अवरोध देखिएको जनाइएको छ। परिस्थितिअनुसार उडान तालिका पुनस्निर्धारण हुन सक्ने भएकाले यात्रुहरूलाई नियमित अद्यावधिक जानकारी लिन सचेत गराइएको छ।
काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गरेका छन् । बिचौलिया इनम सापकोटासँग जोडिएर आएका अडियो र उनीसँग सम्बन्धित...
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीको सिलसिलामा काठमाडौं आएका...
काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बुधबार बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक बस्न लागेको हो। बैठकको कार्यसूचीबारे विस्तृत जानकारी सार्वजनिक भएको...
काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ समस्याग्रस्त सहकारीको १२२ जनाको बचत रकम फिर्ता गरेको छ। समितिले सार्वजनिक गरेको विवरण अनुसार नेपाल सहकारी वित्तिय सहकारी,आइडियल यमुना...
धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend