Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यती एयरलाइन्सको फागुन २१ गतेको सबै उडान स्थगित


    मंगलबार, फाल्गुन १९ २०८२
    300
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । यती एयरलाइन्सले फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका दिन निर्धारित सबै उडान स्थगित गरेको छ ।

    कम्पनीले सूचना जारी गर्दै २१ फागुनमा उडान नहुने बताएको हो । निर्वाचन आयोगले भने यसपालि आन्तरिक उडान निरन्तर राख्ने निर्णय गरेको छ । सोहीकारण कम्पनीहरूले चाहेमा उडान निरन्तर हुन्छ ।

    यती एयरलाइन्सका अनुसार २२ फागुनदेखि भने उडान नियमित हुनेछ । काठमाडौंमा हवाई यात्रुका लागि सटल बस सुविधा उपलब्ध हुनेछ । तर, यस दिन अन्य विमानस्थलमा भने त्यस्तो सुविधा नहुँदा यात्रा सहज भने छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार