Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • रवि लामिछानेको आधिकारिक फेसबुक पेज बन्द 


    मंगलबार, फाल्गुन १९ २०८२
    340
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेज बन्द भएको छ।

    बाह्य व्यक्तिहरूले पेज ह्याक गर्ने प्रयास गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मेटा (फेसबुक)ले उक्त पेजलाई हालका लागि बन्द गरिदिएको हो ।

    रास्वपा सचिवालयले मंगलबार एक सूचना जारी गर्दै सभापति लामिछानेको पेजमा आज बिहानैदेखि पटक–पटक अनधिकृत पहुँच बनाउने प्रयास भइरहेको जानकारी दिएको हो ।

    पेज पूर्ण रूपमा सुरक्षित नभएसम्म र नियन्त्रणमा फिर्ता नआएसम्म यसबाट कुनै पनि नयाँ सामग्री पोस्ट हुने छैनन् । फेसबुकको सुरक्षा प्रक्रिया पूरा गरेर पेजलाई पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार