नेत्र कार्की र भरतप्रसाद पराजुली
काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा उज्यालो नेपाल पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा प्रताप लामाले उम्मेदवारी दिएका छन् । तर उज्यालो नेपाल पार्टी(उनेपा)का केन्द्रीय सदस्य नेत्र कार्की भने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार भरतप्रसाद पराजुलीलाई जिताउन लागिपरेका छन् । कार्की उनेपाका उम्मेदवारलाई होइन, मन, बचन र कर्मले पराजुलीलाई जिताउन लागिपरेको आरोप छ ।
पराजुलीसँग कुस्त लाभ लिएर उनले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ र २ नम्बर वडाका सबै मत घन्टीमा हाल्नेगरी ठेक्का लिएको स्रोतले बताएको छ । २०७४ मा नेपाली कांग्रेसबाट सुनकोशी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा निर्वाचित भएका थिए कार्की ।
२०७९ को स्थानीय तह निर्वाचनमा उनले पार्टीका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार श्रवणकुमार जीसीलाई अन्तर्घात गरी एमालेका टपिन्द्र तिमल्सिनालाई जिताएका थिए । तिमल्सिनाको आर्थिक प्रभावमा परी उनले आफ्नै पार्टीका जीसीलाई अन्तर्घात गरी हराएको आरोप कांग्रेसबृत्तबाटै लागेको थियो । ६ लाखमा तिमल्सिनाले डिल गरेको चर्चा कांग्रेस बृत्तमा त्यसबेला ब्यापक रुपमा चर्चा भएको थियो ।
१ सय ५० मत अध्यक्षमा तिम्सिना र अरु ६ पदमा कांग्रेसलाई हाल्न लगाएको गणनाका क्रममा फेलापरेको थियो । कार्कीले १ सय ५० मत घात गर्दा जीसी तिमल्सिनासँग १ सय ४१ मतले पराजीत भएका थिए । अध्यक्ष तिमल्सिनाले ५ हजार ९३२ मत प्राप्त गरी बिजयी भएका थिए भने पराजीत जीसीले ५ हजार ७९१ मत प्राप्त गरेका थिए । अन्तर्घात गरेको प्रष्ट भएपछि अध्यक्षमा पराजीत जीसीका भाइ रामकुमार जीसीले कार्कीलाई बुटैबुटले रामधुलाई गरेका थिए ।
नवधनाढ्य ब्यापारी तिमल्सिनासँग लाभ लिएर आफ्नै पार्टी कांग्रेसलाई अन्तर्घात गरी हराएका कार्की पछिल्लो समय कुलमान घिसिङतिर लागे । कुलमान भौतिक, ऊर्जा र सहरी विकास मन्त्री हुँदा उनले मन्त्रालय मातहतका निकायबाट बिभिन्न शीर्षकमा बिल पेश गरी करोडौं लाभ लिएको आरोप पनि छ । नेपाल विद्युत प्राधिकरण र अन्तर्गतका १८ वटा कम्पनीबाट पनि उनले कामै नगरी बिल पेश गर्दै भुक्तानी लिएको स्रोत बताउँछ । विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताललाई कुलमानले हटाउन लागेको, उनलाई जोगाउने भूमिका खेलेर पनि लाभ लिएको उनले नै भन्दै हिंड्ने गरेका थिए ।
ठोकर्पाको माथिल्लो भेग(लेक)मा घर भएका र आर्थिक रुपमा कमजोर उनलाई कुलमानले बैभवशाली बनाउन हरतरहले मद्दत गरे । तर कुलमानबाट लिनुसम्म फाइदा लिएर उनकै नेतृत्वको पार्टीलाई धोका दिएर कार्की सिन्धुपाल्चोक १ मा रास्वपाका पराजुलीलाई सहयोग गरी कृतघ्नताको पराकाष्टा देखाइरहेका छन् ।
सुरुमा चर्चामै नरहेका पराजुलीले माघ ४ सम्म पनि टिकट पाउने नपाउने टुंगो थिएन । त्यसो त रवि लामिछानेलाई एउटा अदालतमा धरौटी राख्ने रकम सिन्धुपाल्चोकका एक राजावादी नेतामार्फत् सहयोग गरेकाले अरबपति पराजुलीले एकाएक सिन्धुपाल्चोक १ बाट रास्वपाको टिकट पाउन सफल भएको चर्चा पनि हुने गरेको छ । पराजुलीले टिकट पाएपछि कार्की उज्यालो नेपाल पार्टीलाई होइन, उनलाई जिताउन सक्रिय भएर लागेका छन् ।
उज्यालो पार्टीको केन्द्रीय सदस्य भएर उनले भित्रभित्रै घन्टीमा मत माग्दै हिंडेपछि सो पार्टीका प्रताप लामालाई निकै अप्ठेरो भएको छ । निर्वाचनमा रास्वपाबाट भरत पराजुलीले उम्मेदवारी पाएपछि कार्कीको काम केही ब्यक्ति भेट्न, फोटो खिचेर त्यही देखाउँदै लाभ लिने भएको छ ।
कुलमानले अति विश्वास गरी उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य बनाएका कार्कीले प्रतिनिधिसभामा रास्वपाका पराजुलीलाई सहयोग गर्नेगरी लाभ लिइसकेको उच्च स्रोतको दाबी छ । आधा खोकामा डिल गरी साबिकको ठोकर्पा हाल सुनकोशी १ र २ का सबै मत घन्टीमा खसाल्नेगरी ठेक्का लिएको आरोप उनीमाथि लागेको छ ।
विज्ञता केही नभएका जलवायु परिवर्तनका नाममा अमेरिका २ पटक भ्रमण गर्ने अवसर दिएका थिए । अन्य देशमा समेत उनले भ्रमणमा पठाएर गर्नुसम्म सहयोग गरेका थिए ।
त्यसो त सुनकोशी १ को अध्यक्ष हुँदा कार्कीले ठोकर्पा सामुदायिक अस्पतालका लागि आएको सहयोग रकममध्ये १५ लाख रुपैयाँ आफ्नै बैंकखातामा राखेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै परेको थियो । तर आफूलाई अन्तर्घात गरेता पनि पूर्वअध्यक्ष ऋवणकुमार जीसीले मानवता देखाउँदै उक्त रकम पुनः खातामा हाल्न लगाएर जोगाइदिएका थिए । स्रोत भन्छ-जीसीले नजोगाइदिएको भए बैगुनी कार्कीको जेलको बास हुने थियो ।
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend