काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एकसाता लामो मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेर काठमाडौँ फर्किएका छन् । पार्टीको प्रतिबद्धता पत्र बनाएर सार्वजनिक गर्ने तयारीका लागि ओली राजधानी फर्किएका बताइएको छ ।
झापा क्षेत्र नं। ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका ओलीले निर्वाचन क्षेत्रमा पर्ने कमल, गौरादह र गौरीगन्ज पालिकाका एक सयभन्दा बढी स्थानहरूमा मतदाताहरूसँग भेटघाट तथा अन्तरक्रिया गरेका थिए । जहाँ प्रत्यक्ष रूपमा २५ देखि ३० हजार मतदातालाई ओलीले भेटेका थिए ।
ओलीले स्थानीयका गुनासा र मागहरूलाई सुनेर त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै निर्वाचनमा जिताउन आग्रह गरेको निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले बताए । ओलीले गरेको यस क्षेत्रको विकास र मायालाई स्थानीयले खुलेर प्रशंसा गरेको दाहालको दाबी छ ।
ओलीको प्रत्यक्ष भेटघाट र घरदैलोले पार्टीका नेता कार्यकर्तादेखि लिएर आम मतदाताहरूमा नयाँ प्रकारको उत्साह देखिएको उनको भनाई छ । यो पटक ओलीले आफ्नो निर्वाचन क्षेत्रका बिरामी तथा हिँडडुल गर्न नसक्ने कतिपय मतदाताहरूको घरमा नै पुगेर हौसला समेत दिएको उनले जानकारी दिए ।
ओलीले अझै यस क्षेत्रमा धेरै योजनाहरू अलपत्र रहेकाले त्यसलाई पुरा गर्नका लागि आफू लाग्ने प्रतिबद्धता जनाएका थिए । औद्योगिक पार्क, रंगशाला लगायतका ठुला योजनाहरूको विषयमा स्थानीय मतदाताहरूले प्रश्न तेर्स्याएका थिए । ओलीले आफूले विगतमा गरेका बाचा र प्रतिबद्धतालाई पूर्णता दिने आश्वासन दिएका छन् ।
ओली यसैसाता पुनः दमक जाने उनको सचिवालयले जनाएको छ । अहिलेलाई प्रत्यक्ष उम्मेदवार सहितको भेटघाट स्थगन भएको हो । पार्टीको तर्फबाट घरदैलो र भेटघाट कार्यक्रम जारी रहने नेकपा एमालेका केन्द्रीय सदस्य दीपक कार्कीले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहसँग नै मुख्य प्रतिस्पर्धा हुने देखेपछि ओलीले यस क्षेत्रमा आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै आएका छन् । साहको चुनावी अभियान यहाँ आक्रामक रूपमा चल्दै आएको छ ।
काठमाडौँ। सरकारले प्रहरी महानिरीक्षक (आइजिपी) पदबाट हटाएपछि पुनर्बहाली माग गर्दै सर्वोच्च अदालत पुगेका दानबहादुर कार्कीको रिट निवेदन बिहीबार दर्ता हुन सकेन। कार्कीका तर्फबाट वारेसमार्फत पेस...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन नभएको दाबी गरेका छन्। बिचौलियाका रूपमा चर्चामा रहेका इनम सापकोटाको भनिएको...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति(सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’ लिएका छन्। प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानसेनापति अशोकराज सिग्देल,...
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मुद्दा मामिलामा न्यायको अर्थ सधैँ फैसला गर्नु मात्र पनि नभएको बताएकी छन्। उनले न्यायोचित ढंगबाट विवादको...
काठमाडौं। बुधबार जिम्मेवारीबाट हटाइएका नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक(आईजीपी) दानबहादुर कार्की पुनर्वहाली माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। कार्की निकट एक कानुन व्यवसायीले बताएअनुसार पदमा बहाली...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend