Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुन्छ: प्रधानमन्त्री  


    बिहिबार, माघ २९ २०८२
    420
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै मतदान हुने बताएकी छन्।

    आज बिहीबार हिमाली क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बु पुगेकी छन्। सोलुखुम्बुको नाम्चे र सल्लरीमा उनले सरोकारवालासँग छलफल गरेकी छन्।

    सरोकारवालासँगको छलफलमा प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै चुनाव हुने बताएकी हुन्।

    जिल्ला समन्वय समितिको कार्यालयमा सरोकारवालासँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले समयमै निर्वाचन हुने बताएकी छन्। उनले हिमाली जिल्लामा पनि फागुन २१ मै चुनाव गर्न सकिने बताइन्।

    जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला, प्रमुख जिल्ला अधिकारी लीला केसी पाण्डे, मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रहरी नायब उपरीक्षक मनोजित कुँवरलगायतले निर्वाचन तयारी र जिल्लाको अवस्थाबारे जानकारी दिएका थिए

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार