काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता प्रणयशमशेर राणाले त्यागे पार्टी सदस्यता त्यागेका छन् । राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन् । उनले बिहीबार महामन्त्री (कबिन्द्र बुर्लाकोटी) लाई सम्बोधन गरेर पत्र पठाउँदै पार्टी सदस्यताबाट राजीनामा दिएका हुन् ।
राणाले पार्टीमा विशेष परिस्थितिको नाममा भएको बेथितिलाई मुकदर्शक भएर हेर्न नसक्ने भन्दै पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।
राणाले भनेका छन्–मेरो राजीनामाको निर्णयबाट प्रभावित हुने स्वदेश र विदेशमा रहनुभएका संगठन एवं शुभेच्छुक साथीहरू समक्ष क्षमायाचना गर्न चाहन्छु । राजनीतिमा कहिले पनि सामान्य परिस्थिति हुँदैनन् । त्यसैले नै सबै भैपरि आउन सक्ने परिस्थितिहरुलाई आँकलन गरेर पार्टीले विधान बनाएको हुन्छ ।
अहिले विशेष परिस्थितिको नाममा बेथिति संस्थागत गर्दै गर्दा भोलि यही कुरा सरुवा, बढुवा, नियुक्तिमा हुँदैन भनेर आम नागरिकले कसरी विश्वास गर्ने ? आफ्नो आन्तरिक अभ्यास सही ढङ्ग नगर्ने पार्टीले भोलि सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास म गर्न सक्दिन र अन्धभक्ति गर्न पनि चाहन्न !
राणाले उम्मेदवार छनौटमा प्राइमरी चुनाव नगरेको आरोप लगाउँदा पार्टीको विधान अनुसार काम नगरेको, आधिकांश केन्द्रमा बसेका पदाधिकारी र केन्द्रीय सदस्यहरु बेथितिको साझेदार बनेको बताउदै उनले सुशासन, आर्थिक पारदर्शिता र जवाफदेहिता नारामा मात्र सिमित भएको र अभ्यासमा नभएको आरोप लगाएका छनन् ।
राणा २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा रास्वपाबाट काठमाडौँ ५ को उम्मेदवार बनेर ५ हजार ४७७ मत प्राप्त गर्दै तेस्रो भएका थिए ।
उक्त क्षेत्रका कार्यक्रममा राणाले पटक पटक रवि लामिछानेलाई लगेर सम्बोधन गराउने प्रयास गरेका थिए । तर लामिछाने २०७९ मा उक्त क्षेत्रमा भाषण गर्न नगई अप्रत्यक्ष रुपमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेललाई सहयोग गरेको बुझाइ राणामा रहँदैआएको थियो ।
यो पटक प्राइमरी इलेक्सनमा भाग लिएका राणाले उक्त इलेक्सनमा रास्वपाले देशभरका उम्मेदवारसँग प्रतिब्यक्ति २५ हजार शुल्क लिएको र टिकट नदिएपछि उक्त रकम फिर्ता हुनुपर्ने माग गर्दैआएका छन् । राणाले प्राइमरी इलेक्सनका नाममा २५ हजार लिनु ठगी भएको उल्लेख गर्दै उक्त रकम फिर्ता मागेका थिए ।

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend