Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • खेलकुद मन्त्री गुप्ताको अमेरिका भ्रमण रद्द


    शुक्रबार, पुष २५ २०८२
    505
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता आगामी माघ ३ गते अमेरिका भ्रमणमा जाने कार्यक्रम रद्द भएको छ।

    मय अपुग भएकाले मन्त्री गुप्त अहिलेका लागि अमेरिका नजाने मन्त्री गुप्ताको सचिवालयले बताएको हो।

    यसअघि मन्त्रिपरिषद्ले अमेरिकामा हुने ‘रोल अफ यूथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ सम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री गुप्तालाई स्वीकृति दिएपछि यो विषय चर्चामा आएको थियो।

    कार्यक्रम विकास उप्रेती अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले आयोजना गर्न लागेको थियो। तर सतेन्द्र शाह अध्यक्ष रहेको अर्को एनआरएनए(अमेरिकाले मन्त्री गुप्तालाई बोलाएको छैन भनेर विज्ञप्ति निकालेको थियो। त्यसपछि मन्त्री अमेरिका जाने कार्यक्रम झनै विवादित बनेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार