काठमाडौँ । मन्त्रीबाट राजीनामा दिएपश्चात् कुलमान घिसिङ राजनीतिक गतिविधिमा सक्रिय बनेका छन् । आज उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेटवार्ता गरे ।
कुलमान र रविबीच वान टु वान कुराकानी भएको बुझिएको छ । स्रोतका अनुसार रविलाई भेट्न कुलमान उनको निवासमा पुगेका थिए । भेटवार्तामा पार्टी समायोजनका विषयमा छलफल भएको थियो । कुलमानले एकता प्रक्रिया सम्मानजनक हुनुपर्नेमा जोड दिएका छन् ।
कुलमानको उज्यालो नेपाल पार्टीले केन्द्रीय समितिमा हिस्सेदारी, समानुपातिक सूची संशोधनदेखि प्रत्यक्ष निर्वाचनको उम्मेदवारीसम्मका विषयमा प्याकेजमा सहमति खोजेको छ ।
पार्टी एकताको सहमतिमा हस्ताक्षर भइसके पनि रास्वपा र उज्यालो नेपालबीच धेरै कुराहरू मिल्न बाँकी छन् । केन्द्रीय समितिमा बालेनको तर्फबाट सदस्यहरू २६ गरिँदा उज्यालोको तर्फबाट समायोजन भएको छैन । कति केन्द्रीय सदस्य उज्यालोलाई दिने भन्नेमै कुरा नमिलिरहेको स्रोत बताएको छ । यसैगरी उज्यालाले समानुपातिकको बन्द सूचीमा आफ्नो पट्टिबाट समावेश भएका केही व्यक्तिहरूलाई प्राथमिकता क्रममा माथि तान्नुपर्ने अडान पनि लिएको छ ।
रास्वपा र उज्यालो नेपालबीचको सहमति पत्रमा कुलमान घिसिङलाई उपसभापति बनाउने उल्लेख थियो । तर, घिसिङ अहिलेसम्म रास्वपाको बैठकमा गएका छैनन् । पार्टी समायोजन पश्चात् मात्रै बैठकमा जाने उनले बताएका छन् ।
मन्त्रीबाट राजीनामापश्चात् उनले राजनीतिक भेटघाट तीव्र बनाइरहेका छन् । उनले हिजो आफ्नै निवासमै बसेर पार्टीका नेताहरूसँग आन्तरिक छलफल गरेका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend