Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस संस्थापन पक्षको भेला सुरु


    शुक्रबार, पुष २५ २०८२
    410
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको भेला सुरु भएको छ । आनन्दभूमि इभेन्टमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला सुरु भएको हो ।

    भेलामा नेताहरू कृष्ण सिटौला, बालकृष्ण खाण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाइँ, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गंगा अवाल, मदन कृष्ण श्रेस्ठ, गणेश लामालगायत सहभागी छन् ।

    सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला आह्वान गरेको थियो ।

    आज बिहान मात्रै कांग्रेस संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको भेला भएको थियो । भेलामा सहभागी केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन माग गरेका प्रतिनिधिहरूको मतको सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई अपिल गरेका छन् ।

    छलफलपछि उनीहरूले विज्ञप्ति जारी गरेर विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई अपिल गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार