काठमाडौँ। जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदीबाट चुनावै विथोल्ने गरीको चुनौती नभएको गृहमन्त्री ओमप्रकाश अर्यालले दाबी गरेका छन्।
बिहीबार काठमाडौँमा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै गृहमन्त्री अर्यालले अब चुनाव नरोकिने बताए। ‘निर्वाचन अब केही गरे पनि रोकिनेवाला छैन। निर्वाचन भाड्ले चाहीँ हुँदैन भन्छन्,’ उनले भने, ‘कतिपय दललाई जितिँदैन भन्ने लाग्ला, त्यस्ताले चुनाव हुँदैन भनेका छन्। त्यस्ता विगतमा पनि हुन्थे।’
सुरक्षा चुनौतीका विषयमा छलफल गर्न देशका पाँच प्रदेशमा पुगेको र दुई प्रदेशमा पुग्न बाँकी रहेको उनले बताए। त्यसकामा प्रदेशमा मुख्यमन्त्री र सुरक्षा निकायसँग छलफल गर्दा जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदीबाट चुनाव रोक्ने गरीको चुनौती नपाएको उनको भनाइ थियो।
प्रदेशमा भएका छलफलमा कैदी र हतियारको विषय उठेको बताउँदै गृहमन्त्री अर्यालले भने, ‘यो चाहीँ गृह मन्त्रालयले अधिक प्रयास गर्दागर्दै पनि केही बाहिर छन्। त्यही कारणले चुनावै रोकिन्छ भन्ने तहको होइन।’
लुटिएका जति सबै हतियार राम्रो नभएको उनको भनाइ थियो। संख्या बताउन नमिल्ने जनाउँदै गृहमन्त्री अर्यालले भने।
सरकार सबै दललाई सहभागी गराएरै चुनाव जाने उनले बताए। ‘दललाई पर धकेल्दैनौँ। जेनजीको सरकार हो, जेनजी निकटको सरकार हो। जेनजीलाई मूलधारमा ल्याएर छोड्छौँ,’ अर्यालले भने।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend