Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन प्रचारमा बालबालिका प्रयोग गरिए एक लाख जरिवाना


    बिहिबार, पुष २४ २०८२
    425
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन प्रचारप्रसारमा कुनै पनि राजनीतिक दल र उम्मेदवारहरुले बालबालिका प्रयोग गर्न नपाउने भएका छन्।

    स्वीकृत निर्वाचन आचारसंहिता, २०८२ मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ।

    कसैले यो आचारसंहिता उल्लङ्घन गरेमा आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गराउने छ। यतिमात्रै नभएर उम्मेदवारी समेत रद्द हुने छ। आचारसंहिताको दफा ४८ को आचारसंहिता उल्लङ्घनमा हुने कारबाही (१)मा भनिएको छ,‘कसैले यो आचारसंहिता उल्लङ्घन गरेमा आयोगले निर्वाचन आयोग ऐन, २०७३ दफा २३ बमोजिम एक लाख रुपैयाँसम्म जरिबाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्नेछ।’

    यो आचारसंहिता माघ पहिलो साताबाट लागु हुने छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार