Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय सभा निर्बाचनमा महन्थ ठाकुरलाई जसपा नेपालको समर्थन


    बुधबार, पुष २३ २०८२
    420
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता महन्थ ठाकुरलाई समर्थन गर्ने भएको छ ।

    राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र जसपा नेपालबीच गठबन्धन गर्ने सहमति भएको छ ।

    सहमति अनुसार काँग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट पाएको छ । सहमति बमोजिम काँग्रेस र एमालेले पनि उम्मेदवार चयन गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार