Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि रामकुमारीसहित ६ जना उम्मेदवार


    बुधबार, पुष २३ २०८२
    510
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेले राष्ट्रिय सभामा उम्मेदवार टुंगो लगाएको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि एमालेले मधेस बाहेक अन्य प्रदेशमा उम्मेदवार टुंगो लगाएको हो ।

    जसअनुसार एमालेले कोशीमा महिला पाएको छ । त्यहाँ रोशनी मेचेलाई उम्मेदवार बनाउने भएको छ । बागमतीमा डा प्रेम दंगाल उम्मेदवार बन्ने भएका छन् ।

    गण्डकीमा सम्झना देवकोटालाई उम्मेदवार बनाउने भएको छ भने लुम्बिनीमा रामकुमारी झाक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारीलाई उम्मेदवार बनाउन लागेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।

    राष्ट्रिय सभामा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालबीच चुनावी तालमेल गर्ने छलफल भएको थियो । तर, अन्तिममा कुरा मिल्न सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार