काठमाडौं । नापी कार्यालयका प्रमुखहरु स्वयम् प्लटिङ व्यवसायीसँग मिलेर लगानी गर्दछन् भन्ने सुन्दा अचम्म लाग्छ । तर यो वास्तविकता हो ।
नापी कार्यालयकै प्रमुख र हाकिमहरुले प्लटिङवालासँग मिलेर लगानी गरेपछि जग्गा प्रशासनमा कस्तो सुशासन आउला, आफैं कल्पना गरौं ।
कार्यालय समयभन्दा बाहिर, कहिलेकाहीँ कार्यालय समयमै नापी कार्यालयका प्रमुखहरु प्लटिङ व्यवसायीको कार्यालयमा आवतजावत गर्ने गरेको पाइएको छ ।
नेकपा (एमाले)को केन्द्रीय लेखा आयोगका सदस्यसमेत रहेका डिल्लीध्वज बराइली देशकै चर्चित प्लटिङ व्यवसायी हुन् । उनको निक भुजिकिक हाउजिङ कम्पनी हो ।
यो रियल स्टेट कम्पनीको कार्यालयमा भक्तपुर नापी कार्यालयका प्रमुख पूर्ण पाण्डे आवातजावत मात्र गर्दैनन्, उक्त रियल स्टेटमा पाण्डेको लगानीसमेत रहेको स्रोतको दाबी छ । कसैले हतपत्त नचिनून् भनेर पाण्डे मास्क लगाएर रियल स्टेटको कार्यालयका जाने गरेका छन् ।
बिरामी छु भन्दै अधिकांश समय उनले मास्क नै प्रयोग गर्ने गर्छन् । ताकि आफ्नो कामको विवरण सधैं गोप्य रहोस् । बराइलीकै लगानीमा पोहर साल पाण्डेलाई पाल्पाबाट भक्तपुरको नापी कार्यालयको प्रमुखमा ल्याइएको हो ।
भक्तपुरमा बराइलीले प्लटिङ व्यायसायको काम गरिरहेका छन् । प्लटिङ व्यवसायमा कित्ताकाट सबैभन्दा ठूलो विषय हो । कित्ताकाटको समस्या टुंग्याउने सर्तमा बराइलीले पाण्डेलाई भक्तपुरमा ल्याएको प्रष्ट छ । कानुन भन्दा बाहिर गई पाण्डेले कित्ताकाट गर्ने गरेका छन् जसका कारण बराइलीसँग पाण्डेको राम्रो उठबस भएको हो ।
कित्ताकाट सहज बनाउन प्लटिङ व्यवसायीहरुले नापी कार्यालयका हाकिमहरुलाई रिझाउने गर्छन् । कित्ताकाट सजिलो बनाउनकै लागि उनीहरुले आफूअनुकूल कर्मचारीलाई प्लटिङ भएको जिल्लामा समेत ल्याउने गर्छन् । यस काममा व्यवसायीहरुले लाखौं रुपैयाँ लगानी गरेका हुन्छन् । पाण्डेलाई पनि बराइलीले आधा करोड रुपैयाँ खर्च गरी भक्तपुर ल्याएको स्रोतको दाबी छ ।
गत बर्ष बैशाखमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ९ काँक्राबारीको जंगलमा दैनिक आधा दर्जन डोजर तथा स्काभेटर चलाएर सामुदायिक भित्री वनको क्षेत्र अतिक्रमण गरेको आरोप बराईलीको हाउजिङ कम्पनीमाथि स्थानीयले लगाएका थिए ।
क्षेत्रमा झण्डै तीन दर्जन डोजरहरु दिनरात चलाएर सूर्यविनायक नगरपालिका वडा नं ९ (साविक नंखेल गाविस वडा नं. ४ क र ख) काँक्रावनस्थित घिसिङडाँडामा डोजर चलाइएको हो ।
वन क्षेत्रमा रहेको स्थानीयले प्रयोग गर्दै आएको खानेपानीको मूल तथा पानी, पँधेरा, कुलो, बाटो पुर्नुका साथै खानेपानीको पाइपलाइन समेत क्षतविक्षत गरेर स्थानीयलाई खानेपानीबाट वञ्चित गरेको उनीहरुले बताए । आयोजनाले जंगलबाट घासपात समेत ल्याउने बाटो समेत अवरोध गरेका थिए ।
वन क्षेत्रको जैविक विविधता, पर्यावरण र स्थानीय जनताको जीवनमा समेत गम्भीर असर पर्ने गरी सरकारी र सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर निक भुजिकिक हाउजिङ कम्पनीले प्लटिङ आयोजना सञ्चालन गरेको हुँदा सो आयोजना तत्काल रोक्का गरी वन–जंगल र प्राकृतिक पर्यावरण बिगार्ने काममा संलग्न हाउजिङ कम्पनीका डिल्ली बराइली, प्रविण कुस्मा र जग्गाधनी भनिने सुधिरकुमार अधिकारी र यसै स्थानका शंकर तामाङ र हाउजिङ कम्पनीसँगको अवैध प्रतिवद्धतामा वन–जंगल अतिक्रमण गर्न सहमति दिने सबैलाई कारवाही गर्न उनीहरुले जिल्ला प्रशामशन कार्यालय भक्तपुर, जिल्ला वन, सूर्यविनायक नगरपालिका, वडा कार्यालयसमेतलाई ज्ञापनपत्र बुझाएका थिए । तर उनीहरुमाथि कुनै कारबाही भएन ।
गएको बर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सरकारमा तत्कालीन भूमि व्यवस्था मन्त्री कुमार इङ्नामले पाण्डेको सरुवा गर्न खोजेका थिए । पछि मन्त्रालयकै एक कर्मचारीले मिलाएका थिए ।
मन्त्री हुनु भन्दा पहिले भक्तपुर मालपोत कार्यालय गएको बेला त्यहाँ कार्यरत एक सुब्बाले इङ्नामसँग घुस मागेका थिए । र, त्यो घुस हाकिमलाई समेत बुझाउनुपर्छ भनेका थिए । त्यसैले पाण्डेको सरुवा गर्न इङ्नामले प्रयास गरेका थिए ।
केपी ओली नेतृत्व सरकारको बेला बलराम अधिकारी मन्त्री हुँदा नै पाण्डेलाई भक्तपुरमा ल्याउन सेटिङ भइसकेको थियो । त्यतिबेला उनले अधिकारीका पीए कबिसिंह कठायतलाई केही लाख रुपैयाँ बुझाइसकेका थिए । यो पैसा बराइलीकै थियो ।
गएको बर्ष भदौ २४ गते उनी लगायत केही नापी अधिकृतहरुको सरुवाको विषयमा सचिवस्तरीय निर्णय गर्न प्रस्ताव गरिएको थियो । त्यसै दिन जेनजी आन्दोलन भयो । आन्दोलनपछि नापी अधिकृतहरुको सरुवाको विषय रोकियो । भक्तपर नापीमा आउने पूर्णको चाहना भने रोकिएन । सेटिङमा उनी लागिरहे ।
नयाँ सरकार आएपछि मन्त्रालयमा कार्यरत कर्मचारी प्रशासन शााखाका एक कर्मचारीलाइ केही लाख रुपैयाँ दिएर उनी बिशेष नापी कार्यालय पाल्पाबाट भक्तपुरमा आउन सफल भएका थिए । उनको नयाँ घर भक्तपुरको बालकोटमा छ । पुरानो घर भने जुम्लामा छ । तर उनले बालेकाटोमा रहेको घरलाई लुकाउने गरेका छन् । आफनो घरमा जुम्लामा मात्रै रहेको बताउने गर्छन् ।
यसैगरी, लतितपुर प्रमुख नापी अधिकृत अजित कँुवरको पनि एक प्लटिङ व्यवसायमा लगानी गरेको बताइन्छ । प्लटिङ व्यवसायीसँग उनको राम्रो पनि राम्रो उठबस रहेको बताइन्छ । सेटिङमा निकै माहिर मानिन्छन् । उनी सधैंजसो आकर्षक कार्यालयमा बस्ने गरेका छन् । उनले पनि केही लाख रुपैयाँ बुझाएर ललितपुरमा आउन सफल भएका थिए ।
डिल्ली बराईलीको जग्गा प्लटिङमा लगानी गरेकोबारेमा नापी कार्यालय भक्तपुरका प्रमुख पूर्ण पाण्डेले भने–‘म डिल्ली बराईलीलाई चिन्दै चिन्दिनँ । चिन्दै नचिनेको मान्छेसँग उसले गरेको जग्गा प्लटिङमा लगानी हुने कुरै भएन ।’
काठमाडौं । स्वास्थ्य सेवा बिभाग अन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले ०.५ एमएलको १ लाख ९० हजार भाइल एन्टीरेबिज भ्याक्सिन (एआरभी) खरिद गरेको...
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको विधानबिपरीत गठन गरिएको विशालकुमार भण्डारी नेतृत्वको तदर्थ समिति र जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको विधानलाई सर्वोेच्च अदालतले खारेज...
काठमाडौं । सरकारले याङ्की उक्यावलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको निर्णय गएको साउन २० गते गरे पनि अहिलेसम्म नियुक्ति दिएको छैन...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
निशान्त शर्मा वर्तमान सरकारको सबैभन्दा राम्रो काम गर्ने मन्त्री हुनुहुन्छ तपाईं । बधाइ शुभकामना । बाहिर तपाईंहरुले गरेका कामले वाहीवाही पाएर भाइरल हुनुभएको छ तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend