काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूको दर्ता प्रक्रिया पूरा गरेका छन् । निर्वाचन आयोगले समानुपातिकतर्फको सूची बुझाउने सोमबार अन्तिम मिति तोकेको थियो ।
निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म समानुपातिकतर्फ कुल ६३ वटा राजनीतिक दल दर्ता भएका हुन् । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका हुन् ।
नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल), गतिशिल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपालले सूची बुझाएका छन् ।
त्यस्तै, नेपाल जनता संरक्षण पार्टी, नागरिक शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, उन्नत लोकतन्त्र पार्टीसहितले सूची बुझाएका आयोगले जनाएको छ ।
नेपाली कांग्रेसले अहिलेसम्म आयोगमा पार्टीको समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन सकेको छैन ।
दर्ता भएका राजनीतिक दलहरूले ५८ वटा निर्वाचन चिह्न पाएका छन । जसमा ५४ वटा राजनीतिक दलहरूले आफ्नै निर्वाचन चिह्न प्रयोग गरेका छन्। अन्य १० वटा राजनीतिक दल भने एकल निर्वाचन चिह्नमा ४ वटा निर्वाचन चिह्न लिएर दर्ता भएका छन् ।
समानुपातिकतर्फ दल दर्ता गराउने क्रममा कुल ३ हजार ४ सय २४ जना उम्मेदवार रहेका छन् ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend