काठमाडौं । तीन वटा बिकासे मन्त्रालय सम्हाल्ने मौका पाएका कुलमान घिसिङले खोलेको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिएकी छन् ।
सरकारले हटौंडामा सडक विस्तार गर्दा घरधनीलाई उचित मुआब्जा नदिएको, बिजुली काटेर अन्यायपूर्वक घरजग्गामा बनेको संरचना भत्काएपछि आक्रोसित भएकी उनले सामाजिक सञ्जालबाटै राजीनामा दिएकी हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्–‘आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु।‘उनले उक्त पार्टीमा बसिरहन नैतिकताले नदिएको भन्दै हेटौंडा पीडितको साथमा रहनेसमेत बताएकी छिन् । ‘अरू अभियन्ता साथीहरू के गर्नुहुन्छ ? मेरो नैतिकताले दिएन । म हेटौंडाका पीडितको साथमा छु ।‘ उनले लेखेकी छिन् ।
यस्तै राजीनामा दिएलगत्तै अर्को पोष्ट गर्दै आफूभित्र नैतिकता भएकैले राजीनामा दिएको भन्दै बुझ्न आग्रह गरेकी छिन् ।
सर्वोच्च अदालतले डोजर नचलाउन र नभत्काउन आदेश दिए पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले आदेश आफूले नपाएको बताउँदै आज बिहानैबाट बजारका अस्थायी र स्थायी संरचना भत्काएका छन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend