काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्न पुगेका अधिवक्ता सुलभ खरेल इजलासमै ढलेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट कानुन व्यवसायी खरेल बुधबार प्रतिनिधिसभामा बहसका क्रममा ढलेका हुन् ।
न्यायाधीशले सोधेको प्रश्नको जवाफ दिन नसकेर उनी ढलेको बताइएको छ । बहसका क्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासले गएको भदौ २४ गते अदालतमा आगजनी हुनुमा उनको भूमिकामाथि पनि प्रश्न उठाएका थिए । इजलासमा उक्त प्रश्न गर्नासाथ थरथर काम्दै खरेल ढलेको प्रत्यक्षदर्शी कानुन ब्यवसायीमध्येका एकले बताएका छन् ।
केपी शर्मा ओलीले २०७७ पुस ५ गते गरेको संसद बिघटनका बिरुद्ध परेको रिटमा युवा कानुन ब्यवसायीका रुपमा बहस गर्ने क्रममा उनी चर्चामा आएका थिए ।
।
‘अदालत जल्यो, अब न्यायाधीशको घर जलाउन जाऊँ भनेर फेसबुकमा लेख्ने ? अदालत डढाएर ठीक भयो भन्ने आगजनी गर्ने उपद्रवकारीलाई जथाभावी गर्न उकास्ने ?’ न्यायाधीशले बेन्चबाट उनलाई संकेत गर्दै सोधेका थिए– ‘तपाईंलाई त हामीले एउटा राम्रो कानुन व्यवसायीको रुपमा हेरेका थियौँ । अनि अहिले यही अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्यो भन्ने ?’ इजलासबाट प्रश्न सोधेपछि ‘त्यस्तो होइन, श्रीमान’ भन्दै माफी मागेर उनी थरथर काम्दै ढलेका थिए ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend