काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्न पुगेका अधिवक्ता सुलभ खरेल इजलासमै ढलेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट कानुन व्यवसायी खरेल बुधबार प्रतिनिधिसभामा बहसका क्रममा ढलेका हुन् ।
न्यायाधीशले सोधेको प्रश्नको जवाफ दिन नसकेर उनी ढलेको बताइएको छ । बहसका क्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासले गएको भदौ २४ गते अदालतमा आगजनी हुनुमा उनको भूमिकामाथि पनि प्रश्न उठाएका थिए । इजलासमा उक्त प्रश्न गर्नासाथ थरथर काम्दै खरेल ढलेको प्रत्यक्षदर्शी कानुन ब्यवसायीमध्येका एकले बताएका छन् ।
केपी शर्मा ओलीले २०७७ पुस ५ गते गरेको संसद बिघटनका बिरुद्ध परेको रिटमा युवा कानुन ब्यवसायीका रुपमा बहस गर्ने क्रममा उनी चर्चामा आएका थिए ।
।
‘अदालत जल्यो, अब न्यायाधीशको घर जलाउन जाऊँ भनेर फेसबुकमा लेख्ने ? अदालत डढाएर ठीक भयो भन्ने आगजनी गर्ने उपद्रवकारीलाई जथाभावी गर्न उकास्ने ?’ न्यायाधीशले बेन्चबाट उनलाई संकेत गर्दै सोधेका थिए– ‘तपाईंलाई त हामीले एउटा राम्रो कानुन व्यवसायीको रुपमा हेरेका थियौँ । अनि अहिले यही अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्यो भन्ने ?’ इजलासबाट प्रश्न सोधेपछि ‘त्यस्तो होइन, श्रीमान’ भन्दै माफी मागेर उनी थरथर काम्दै ढलेका थिए ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend