Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपाको राजेन्द्र श्रेष्ठ समूह नेकपामा समाहित हुँदै


    बिहिबार, मंसिर ११ २०८२
    555
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा) को राजेन्द्र श्रेष्ठ समूहबीच आज एकता घोषणा हुँदैछ ।

    काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा एकता घोषणा हुने भएको हो । जसपाका नेता दुर्गा सुवेदीका अनुसार घोषणासभा राष्ट्रियसभा गृहमा दिउँसो १ बजे सुरु हुनेछ ।

    एकता समारोहमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायत जसपा एकीकरण पक्षधर समूहका शीर्षनेताहरूले सम्बोधन गर्ने जनाइएको छ ।

    गत आइतबार जसपाबाट सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलगायत ६ नेताहरू नेकपामा समाहित भइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार