अबर्जन नेटवर्किङ कम्पनी नै हो भन्ने पुष्टि उसको बेबसाइटबाट समेत स्पष्ट हुन्छ । १ लाखदेखि १० लाख रुपैयाँसम्म लिने र सदस्यलाई यिनै सामान भिडाउने गरिएको छ
‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा २९ कात्तिक, २०८२ मा नेपालफेसमा समाचार प्रकाशित भएपछि पीडितहरुले तथ्यसहितका सामग्री पठाइरहेका छन् ।
नेपालफेस डटकमले अबैध नेटवर्किङ ब्यापारका नाममा मानिसलाई प्रलोभनमा पारी फसाउने गरेकोबारेमा बाणिज्य बिभागका प्रवक्तादेखि कास्की जिल्ला प्रशासन कार्यालयका प्रवक्तासँग सोधेर समाचार प्रकाशित गरेको हो ।
नेटवर्किङका नाममा अबर्जन ट्रेडिङ प्रा.लि.बाट ५ लाख रुपैयाँ ठगिएको पीडित सुदिप सुनारले नै नेपालफेसमा पठाएको पत्रमा उल्लेख छ । सुनारले अबर्जनको नाममा आकर्षक लाभ हुने प्रलोभन देखाएर ओसन सुनारले आफूलाई ठगेको गुनासो गरेका छन् । सुदीपले ओसन सुनारको प्रलोभनमा पारी २ लाख ५६ हजार अबर्जनमा बुझाएका थिए । पछि ठूलो कमाइ हुन्छ अरु पनि सदस्य बनाऊ भनेपछि आफ्नै दिदी र बुबाबाट ५ लाख ६ हजार रुपैयाँ ओसनलाई बुझाएको नेपालफेसमा पठाएको पत्रमा उल्लेख छ ।
अबर्जनमा सुदीप, सुदीपकी दिदी, सुनका गहना बनाउने उनका बुबाहरुजस्ता ८ सय भन्दा बढी नेपालीलाई करोडौं फाइदा हुने भन्दै नेटवर्किङ ब्यापारमा फसाइएको बिस्तारै खुल्दैछ । सुदीप जस्तै एक एक जना अबर्जनबाट लाखौं ठगिएकाहरु बाहिर आउँदैछन् ।
सुनारले आफू नै ओसनको करोडको कमाइ हुन्छ भन्ने प्रलोभनमा परी अबर्जन जस्तो अबैध नेटवर्किङ कम्पनीमा २ लाख ५६ हजार बुझाएर पीडित भएको, आफूले कसैलाई पनि सदस्य नबनाएको, नठगेको, डर त्रास धम्की दिएको पत्रमा उल्लेख छ ।
सुदीप सुनारले नेपालफेस डटकममा पठाएको पत्रमा लेखेका छन्–‘यो अवर्जन कम्पनीमा पस्नका लागि मलाई ओसनसिंह सुनारले बोलाएर लगेका हुन् । यो बिजनेसमा पस्यौ भने ५ बर्षमा करोडको कमाई हुन्छ भनेका हुँदा र मैले १०० मा १०० प्रतिशत शंका नगरी उनले भनेको बैंकको (लक्ष्मी सनराइज बैंक लिमिटेड) खातामा २ लाख ५६ हजार रुपैयाँ जम्मा गरिदिएँ ।
केही समयपछि राम्रो कमाई हुन्छ, घरभित्रका मान्छे ल्याऊ भने । मैले मेरो बाबा र दिदीको पनि ५ लाख ६ हजार रुपैयाँ (लक्ष्मी सनराइज बैंक लिमिटेड) जम्मा गरिदिएँ । त्यो कुरा सुनेर मेरो नाताले मामा पर्ने सुमन मलाई खोज्दै आउनुभएको हो । मामालाई पनि मैले बोलाएको हैन । ती ओसनसिंह सुनार मेरा नाताले म काका र उनी छोरा हुन् भने मेरो बाबाले ओसन सुनारका हजुरबाको पालादेखि हालको मितिसम्ममा सुन चाँदीको कारीगडी काम गर्दै आउनुभएको छ । र, एक नाताले छोरा र अर्को नाता साहुको छोराले भनेको कुरा कसरी झुटो होला भनेर म अवर्जनमा पसेको हुँ । उनै ओसन सुनारले यो अवर्जन कम्पनीको अफिस छायाँ सेन्टरमा छ । सन् २०२० मा रजिष्टर्ड भएको कम्पनी हो भनेको मैले सुनेको हुँ । मैले त्यो अफिस देखेको पनि छैन र म त्यो अफिसको कुनै कर्मचारी हैन ।
बिशेष कुरा अमृत बिश्वकर्माको यसप्रकार छः यी अमृत बिश्वकर्मा भन्ने ब्यक्तिलाई मैले चिने–जानेका ब्यक्ति होइनन् र मेरा नाता पर्ने पनि होइनन् भने मैले यिनलाई सपनामा पनि नदेखेका मानिस हुन् । यी ब्यक्तिलाई मेरो नाताले मामा पर्नुहुने सुमनले ल्याएका हुन् । यिनले यो अवर्जन कम्पनीमा नगद ३७ हजार एभरेष्ट बैंक लिमिटेड हालेका र बाँकी नगद नभएको हँुदा मामाले मलाई फोन गरेर तपाईंको खातामा रकम जम्मा गरिदिनू भनेर फोन गरेको हुँदा मेरो खाता प्रयोग भएको हो र सो रकम मेरो घरखर्चको लागि नभई सो अवर्जन कम्पनीमा हालिदिनका लागि दिएको हुँदा मैले सो रकम कम्पनीको खातामा हालिदिएको छु । आबश्यक परेमा बैंकको भौचर उपलब्ध गराउनेछु ।
ती अमृतले मलाई डर, त्रास, धम्की दिएर पैसा हाल्न लगाएको भनी मिडियामा भनेका छन् । यदि मैले उनलाई डर–त्रास र धम्की दिएर पैसा हाल्न लगाएको हुन्थेंँ भने अमृत बिश्वकर्माले नै आफ्ना एक जना साथी सन्तोष अधिकारीलाई सो कम्पनीमा ल्याएर ज्वाइन गराएका छन् । मेरो खाता प्रयोग भएकोमा मलाई ठगीको आरोप लगाई जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको सुनेपछि जिल्ला प्रहरी कार्यालयमा मा अमृत बिरोध नै सन्तोषले जाहेरी दिएका छन । अमृतले दिएको जाहेरी र मिडियामा दिएको बयान सरासर झुटो हो । यो मेरो खाता प्रयोगमा आएको हँुदा मबाट यिनले रकम असुल्नका लागि सबै झुटो बोलेका हुन् । मबाट हप्कीदप्की, डर–त्रास दिनेकाम केही पनि नभएको हुँदा म अन्यायमा परेको छु । मैले न्याय पाउँ ।’
सुदीप सुनारले पठाएको पत्र हेर्नुस्


काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
काठमाडौँ । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले शिशु जन्माएको घटनाका बेला ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाइएको छ। स्वास्थ्य तथा खाद्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend