Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मध्यरातमा पक्राउ परेका दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


    आइतबार, मंसिर ७ २०८२
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रहरीदेखि सरकारका बिरुद्ध अप्रमाणित कुरा बोलेपछि पक्राउ परेका मेडिकल ब्यवसायी दुर्गा प्रसाईलाई सर्वोच्चले थुनामुक्त गर्ने आदेश दिएको छ ।

    न्यायाधीशद्वय डा‌. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

    राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं मंसिर २ गते मध्यरात भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।

    प्रसाईले मंसिर ७ गते आन्दोलनको घोषणा गरेका थिए । प्रसाईको अभियान र सरकारबीच शनिबार बेलुका वार्तापछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार