Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • ठाडीझिझा प्रहरीको सक्रियताः २ सय ५० ग्राम खैरो हिरोइन बरामद, ३६ जना पक्राउ


    सोमबार, मंसिर १ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • जनकपुरधाम । प्रहरीले धनुषाको बिदेह नगरपालिका–४ ठाडीझिझाबाट नियन्त्रित लागूऔषध खैरो हिरोइनसहित १ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–७, किसानपुर बस्ने २५ बर्षीय सिकिन्दर राम रहेका छन् । प्रहरीले आजै (सोमबार) अपराह्न चेकजाँचको क्रममा उनको साथबाट ८ ग्राम २ सय ७० मिलिग्राम खैरो हिरोइन बरामद गरेको हो ।

    भारतको महिनाथपुरबाट किसानपुर पैदल फर्किदै गरेको बेला असई सुरेशकुमार सिंहको कमाण्डमा खटेको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा सर्टको माथिल्लो गोजीमा उक्त परिमाणको लागुऔषध फेलापरेको हो । पक्राउ परेका रामलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।

    यसैगरी गएको कार्तिक २० गते प्रहरीले बर्दिबास नगरपालिका बडा नम्बर ९ बस्ने बर्ष ३० को मुकेशकुमार यादबलाई खैरो हिरोइन ४२ ग्राम ४६० मिलिग्रामसहित १ जना पक्राउ गरेको थियो ।

    असई सिंह प्रहरी चौकी ठाडीझिझा सरुवा भएर आएको २ महिनामा २ सय ५० ग्राम खैरो हिरोइनसहित प्रतिबन्धित लागुऔषध ओसारपसार तथा बिक्री बितरणको आरोपमा ३६ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको धनुषा प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार