काठमाडौं । जेनजी आन्दोलनको प्रभाव पार्टीहरुमा पनि देखिन थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फका उम्मेदवारका लागि युवाहरुका लागि २७ प्रतिशत कोटा छुट्याएको छ । जुन जेनजी आन्दोलनकै प्रभाव मानिएको छ ।
रास्वपाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फ आवेदन आह्वान गरेको छ । शनिबारदेखि इच्छुक व्यक्तिहरूबाट आवेदन माग गरिएको हो ।
पार्टीका प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘जेन–जीको स्पिरिटको प्रतिनिधित्वलाई समानुपातिक बन्दसूचीमा समेट्दै २५ देखि ४० वर्ष उमेर समूहका युवाका लागि जनसंख्या अनुपातअनुसार २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।’
त्यस्तै, प्रवासमा रहेका र उम्मेदवार बन्न स्वदेश फर्किने नेपालीका लागि १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको उल्लेख गरिएको छ ।
चितवनको सौराहामा यही कात्तिक २१ र २२ गते बसेको रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठकले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राज्यका निकायमा जेन–जी आन्दोलनको भावना र म्यान्डेटअनुसार उनीहरूको सहभागिता सुनिश्चित गर्न माग गर्दछौं ।’
बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्की, संगठन विभागका सचिव शंकर श्रेष्ठ तथा चितवन, झापा र रुपन्देहीका जिल्ला समितिहरूले सुझाव पेस गरेका थिए ।
रास्वपाले पार्टीका सभापति रवि लामिछानेमाथि दायर मुद्दालाई राजनीतिक प्रतिशोधको परिणाम बताउँदै न्यायालयलाई निष्पक्ष र द्रुत निर्णय गर्न आग्रह गरेको छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend