Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झाडापखाला पीडित परिवारलाई सशस्त्र प्रहरी बलद्वारा सहयोग रकम हस्तान्तरण


    बिहिबार, कार्तिक २० २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • राजबिराज । सप्तरी जिल्लाको छिन्मस्ता गाउँपालिका–५ स्थित लोखरम मुसहर टोलका झाडापखाला पीडित बचुन सदालाई २६ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ ।

    उक्त रकम छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, उपाध्यक्ष राजुदेवी यादव तथा वडा नं. ५ का वडा अध्यक्ष जयप्रकाश ठाकुरको उपस्थितिमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट छिन्मस्ताका बिओपीपति सशस्त्र प्रहरी निरीक्षक सन्तोष न्यौपानेले उनलाई कार्तिक २० गते हस्तान्तरण गरेका हुन् ।

    दोलखा जिल्लाको मेलुङ गाउँपालिका–४ भेड्पु निवासी रोज गोलेको समन्वयमा सोही ठाउँको शहरे निवासी एस चाइनिज किचनका प्रवन्धक एवं समाजसेवी साङ्यो योन्जन र उनकी श्रीमती निमा मोक्तानले उक्त रकम सहयोग गरेका थिए ।

    उनीहरुले यसअघि विपन्न तथा जेहेन्दार विद्यार्थी, मानवसेवा आश्रमलाई सहयोग, विद्यालयलाई निजी शिक्षकको व्यवस्था, विद्यालयमा खाजा खानका लागि भाडावर्तनको व्यवस्था लगायतका धेरै सामाजिक कार्यहरुमा समेत सहयोग गर्दै आएका छन् ।

    करिव दुई हप्तादेखि फैलिएको झाडापखालाको कारण उनका ६६ बर्षीय बुवा, चार वर्षकी छोरी र एक वर्षको छोराको मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार