Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रामकुमारी झांक्रीसहितका नेताहरूले गुन्डु पुगेर भेटे केपी ओली


    बिहिबार, कार्तिक २० २०८२
    725
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादी छाडेका नेताहरू रामकुमारी झांक्री, किसान श्रेष्ठ लगायतका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

    एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार, उनीहरूले आज अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । यही कात्तिक २४ गते दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा ‘घर फर्कने अभियान’ कार्यक्रम आयोजना गरिएको पनि उनले बताए ।

    आफूहरू निशर्त एमालेमा फर्कनका लागि तयार भएको नेता श्रेष्ठले यसअघि नै बताइसकेका छन् ।

    पार्टीका अध्यक्ष माधवकुमार नेपालहरू माओवादी केन्द्रसहितका घटकहरूसँग एकता गरेका छन् । यद्यपि झांक्रीसहितका नेताहरू भने एकता प्रक्रियामा सामेल भएनन् ।

    झांक्री र श्रेष्ठसहितका नेताहरूले पत्रकार सम्मेलन आयोजना गरेर आफूहरू एमालेमा फर्कनसक्ने संकेत गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार