Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • देशलाई निराशाबाहेक केही दिन नसकेकाहरू एकजुट हुँदैछन्: सुमना श्रेष्ठ


    बिहिबार, कार्तिक २० २०८२
    765
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पुराना पार्टी रिफर्म होला भन्ने आशा राख्नु नै मुर्खता भएको बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजनीतिक निकासबिना कुनै पनि आन्दोलन संस्थागन हुँदैन भन्ने बुझाइ रहेको र पटकपटक देशलाई निराशा दिनेहरू चुनावी समीकरण मिलाउन लागिपरेको भन्दै उनले यस्तो बताएकी हुन्।

    नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दलहरू एक भएकोतर्फ इंगित गर्दै उनले भनिन्, ‘राजनैतिक निकासबिना कुनै पनि आन्दोलन सस्थागत हुन सक्दैन भन्ने बुझाइ हामी सबैको हो। तर पुराना दलहरु रिफर्म होलान र राजनैतिक निकास पाइएला भन्ने आशा राख्नु मुर्खता हो। पटक पटक नेतृत्वमा पुगेर देशलाई निराशाबाहेक केही दिन नसकेकाहरू एकजुट हुँदैछन्, चुनावी समीकरण मिलाउनको लागि।’

    उनले नयाँ भनिएकाहरू एक हुन सामूहिक नेतृत्व गर्ने व्यक्तिको आवश्यक आफूले देखेको बताएकी छन्। ‘परिवर्तन ल्याउने भनिएकाहरू भने अझै छिन्न भिन्न। त्यसको एउटा कारण नेतृत्व कसले लिने भन्ने कुरामा गएर अड्कने रहेछ। यस अवस्थामा परिवर्तनको अपेक्षा राख्ने हर एक व्यक्तिलाई समेट्न सक्ने सामूहिक नेतृत्वको आवश्यकता देख्दछु,’ उनले भनेकी छन्।

    सबै समूह, वर्ग, क्षेत्र र विशेष गरी सामाजिक मुद्दाहरूलाई एकीकृत गर्दै निकासका लागि सामूहिक नेतृत्व अवधारणामा जान सकिने प्रस्ताव गरेकी छन्।

    ‘पार्टीलाई दिशा दिन एक नेता हैन एउटा परिषद् बनाए कस्तो होलारु कुनै एक नायकको अनुहार अगाडि राख्नको सट्टा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुन सकिन्न?,’ उनले थप भनेकी छन्, ‘हामीलाई अहिले चाहिएको मध्यमार्गी पथमा हिडेर बजारलाई ठिक्क नियमनमा राखी समृद्धि ल्याउने सरकार हो। यस्तो जनताको मुद्दा बोक्ने ‘वैकल्पिकु राजनीतिलाई मूलधारमा ल्याउने आन्दोलनको मर्म आत्मसात गर्न सबैले मनन गरौँ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार