Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीको घर अवलोकन


    बिहिबार, कार्तिक २० २०८२
    495
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार बिहान पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको अवलोकन गरेका छन्।

    पूर्वराष्ट्रपति भण्डारीको उक्त घर भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनका क्रममा आगजनीमा परेको थियो।

    यसअघि अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको अवलोकन गरेका थिए।

    त्यस्तै अर्यालले मंगलबार प्रथम राष्ट्रपति डा. रामवरण यादवको ललितपुरको बागडोलस्थित निवासको अवस्था बुझ्न पुगेका थिए। त्यस क्रममा डा. यादवसँग उनले भेटवार्ता पनि गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार