Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • निर्वाचन आयोगले सरकारलाई पठायो राय


    बिहिबार, कार्तिक २० २०८२
    455
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी निर्वाचन आयोगले प्रचलित ऐनमा सुधार गर्ने गरी राय गृह मन्त्रालय पठाएको छ।

    निर्वाचन आयोगका अनुसार कानुनी रूपमा बाटो खुलाउने गरी राय पठाइएको छ।

    विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न मतदाता नामावली ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, निर्वाचन आयोग ऐन र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा संशोधन गर्न लागिएको छ।

    कानुनमा सुधार गर्ने विषय अगाडि बढे पनि व्यवहारिक रूपमा के कसो गर्ने भनेर सरकारले थप काम गर्नुपर्ने देखिएको आयोगको भनाई छ ।

    योसँगै अब सरकारले चाहेको खण्डमा विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी प्रचलित ऐन संशोधन गर्ने गरी अध्यादेश ल्याउन सक्नेछ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार