Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • राष्ट्रियसभा निर्वाचन कार्यतालिका स्वीकृत, मंसिर पहिलो साता दल दर्ता


    बिहिबार, कार्तिक २० २०८२
    510
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि कार्यतालिका स्वीकृत गरेको छ।

    जस अनुसार पुस २० गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन हुने छ। निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन दर्ता, दाबी विरोध, मनोनयन फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका काम हुने छ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आन्तरिक व्यवस्थापन तथा प्रशासकीय सहजताका लागि आयोगले कार्यतालिका बनाएको जानकारी दिए। आवश्यकता अनुसार आयोगले कार्यतालिकामा फेरबदल पनि गर्न सक्ने छ।

    कार्यतालिका अनुसार आयोगले मङ्सिर पहिलो साता निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गर्ने छ। दल दर्ताका लागि आयोगले एक साताको समयसीमा तोक्दै आएको छ। दर्ताका लागि प्राप्त निवेदनउपर छानबिन गरी आयोगले मङ्सिर दोस्रो साता दर्ता स्वीकृत र निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

    आयोगले स्वीकृत गरेको कार्यतालिकाबमोजिम निर्वाचन कार्यक्रम मङ्सिर दोस्रो साताभित्र प्रकाशन गरिने छ। त्यसअघि निर्वाचन आयोगले मतदाता नामावली तयार गर्ने, निर्वाचन सामग्री पहिचान, मौज्दात विश्लेषण तथा अनुमानलगायतका काम कात्तिकभित्रै टुङ्ग्याउने छ । मतदाता नामावली भने पुस पहिलो साता सार्वजनिक गरिने छ।

    आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिँदै छ । १८ जना निर्वाचित र राष्ट्रपतिबाट मनोनीत एक गरी १९ जना सदस्यको पदावधि सकिन लागेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार