Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बहुविवाह मुद्दामा एमाले नेता शेर्पा कारागार चलान


    बुधबार, कार्तिक १९ २०८२
    680
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् । बुधवार फैसला कार्यान्वयनका लागि शेर्पालाई अदालत उपस्थित गराइएको थियो ।

    अदालतले डिल्लीबजार कारागार चलानका लागि पत्र दिएपछि डिल्लीबजार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी मङ्गलवार धुम्बाराहीबाट पक्राउ परेका थिए । उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो ।

    उनको उक्त मुद्दाबारे यसअघि बसेको एमाले सचिवालय बैठकमा पनि कुरा उठेको थियो । सचिव योगेश भट्टराईले सांस्कृतिक विचलनबारेको विषय उठाउँदै निलम्बन गर्नुपर्ने बताएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार