काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा गरिएको नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज बुधवार सुनुवाइ हुँदै छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीश सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र सारङ्गा सुवेदीको इजलासमा पेसी तोकिएको हो ।
गत भदौ २३-२४ को जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई भदौ २७ मा प्रधानमन्त्री नियुक्त गरेका थिए । अधिवक्ता डा.पुण्यप्रसाद खतिवडाले उक्त नियुक्ति बदर गर्न माग गर्दै रिट दायर गरेका छन् ।
रिटमा भनिएको छ- संविधानको धारा ७६ अनुसार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री बन्न मिल्दैन । धारा १३२(९)ले पनि यस्तो योग्यता रोकेको छ । राष्ट्रपतिले संविधानको ठाडो उल्लङ्घन गरेका छन् । उनलाई बाधा अड्काउ फुकाउने अधिकार छैन, धारा ३०५ को समयसीमा पनि सकिएको छ । रिटमा राष्ट्रपति, प्रधानमन्त्री कार्की, नेपाली सेना, राजनीतिक दल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र सभामुख देवराज घिमिरेलाई विपक्षी बनाइएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend