Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • नेकपा एसका नेताहरुलाई योगेश भट्टराईको आग्रहः नेताले जित्ने–हार्ने गौण हो, राष्ट्रले जित्नुपर्छ


    बुधबार, कार्तिक १९ २०८२
    500
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)का सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीबाट एमालेमा समाहित हुन लागेका नेता–कार्यकर्ताहरुलाई राष्ट्र र जनततालाई केन्द्रभागमा राख्न अपिल गरेका छन् ।

    नेकपा समाजवादीका नेता–कार्यकर्ताहरुलाई स्वागत गर्दै उनले जनताको बहुदलीय जनवादप्रतिको प्रतिबद्धता नै एकताको मुख्य आधार भएको र अरू सबै तपशीलका विषय भएको स्मरण गराएका छन् ।

    नीति र नेतृत्व स्वीकार गर्नुपर्ने शर्त पनि सुनिएको उल्लेख गर्दै भट्टराईले नीति र नेतृत्वलाई अस्वीकार गरेर सहकार्य कसरी हुन्छ र ? यो भनिरहनुपर्ने विषय नै होइन भन्दै सामाजिक संजालमा लेखेका छन्–अमूक नेतालाई जिताउनैपर्ने सर्त स्वीकार गरेर आउन लागेको हो भने पनि यहाँहरुकै विवेकको कुरा भएको गम्भीर सवाल पनि उठाएका छन् ।

    रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ(किसान) लगायतका नेताहरुलाई आगामी ११ औं महाधिवेशनमा केपी शर्मा ओलीलाई नै अध्यक्ष जिताउने पूर्वसर्त गराएर पार्टीमा प्रवेश गराइएको चर्चा भइरहेको बेला एमाले सचिव भट्टराईले यो बिषय समेत उठाएका छन् ।

    भट्टराईले सामाजिक संजालमा लेखेका छन्– पार्टी अध्यक्ष, महासचिव लगायत हामी सबैले यहाँहरूलाई नेकपा एमालेमा समाहित हुन आह्वान गरिसकेका छौ । तपाईंहरुलाई स्वागत गर्न हामी तयार छौ ।
    जनताको बहुदली जनवादप्रतिको प्रतिबद्धता नै हाम्रो एकताको मुख्य आधार हो । अरूसबै तपशीलका विषय हुन् ।

    नीति र नेतृत्व स्वीकार गर्नुपर्ने शर्त पनि सुनियो । नीति र नेतृत्वलाई अस्वीकार गरेर सहकार्य कसरी हुन्छ र ? यो भनिरहनुपर्ने विषय नै होइन ।

    जबज हाम्रो सिद्धान्त हो, नीति हो । तपाईं हाम्रो साझा प्रयत्नले यसलाई थप परिष्कृत र समृद्ध बनाउने हो ।

    प्रतिस्पर्धाबाट छानिएको नेतृत्व हाम्रो एकताको आधार हो । पार्टीको ११ औं महाधिवेशनको मिति घोषित छ । महाधिवेशनपूर्व नीति र नेतृत्वको बहस गर्ने बैधानिक अभ्यास पाँचौं महाधिवेशनबाटै स्थापित गरिएको छ । यो पार्टी जीवनको लोकतान्त्रिकरणको महत्वपूर्ण आयाम पनि हो । अमूक नेतालाई जिताउनैपर्ने पूर्वसर्त स्वीकार गर्ने या नगर्ने यो यहाँहरूकै बिबेकको विषय हो । तर एमालेमा समाहित हुनु कुनै शर्तभन्दा पनि माथिको महत्वको सवाल हो ।

    एमालेमा तपाईंहरूको सहभागिताबाट कुन नेतालाई फाइदा हुन्छ या हुन्न ? कुन नेताले जित्छ या हार्छ ? यो गौण हो । हामी चाहन्छौ हाम्रो सहकार्यले नेपाल राष्ट्रले जित्नुपर्छ, नेपाली जनाताले जित्नुपर्छ र नेकपा एमालेले जित्नुपर्छ । त्यसका खातिर हामी हजार पटक हार्न तयार छौं । स्वागत छ कमरेडहरू !

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार