Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गिटार वादक न्यौपानेले पाए अन्तर्राष्ट्रिय प्रतियोगिता बेष्ट ट्यालेन्ट अवार्ड


    मंगलबार, कार्तिक १८ २०८२
    490
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालका प्रतिभाशाली युवा गिटार वादक समिप न्यौपानेले टर्कीमा आयोजित गोल्डेन स्टार किड्स इन्टरनेशनल २०२५ प्रतियोगितामा शानदार सफलता हासिल गर्दै नेपालको नाम विश्वभर चम्काएका छन् ।

    विश्वका ६४ देशका प्रतिभाहरू सहभागी भएको यो अन्तर्राष्ट्रिय प्रतियोगितामा समिपले इन्स्टुमेन्टल Smart Guff Company श्रेणीमा बिजेता बन्नुका साथै बेष्ट ट्यालेन्ट अवार्ड जितेका छन् ।

    नेपालबाट यस प्रतियोगितामा सहभागिता जनाउने पहिलो नेपालीका रूपमा समिपले देशको शीर गर्वका साथ उचो बनाएका छन् ।

    यस प्रतियोगितामा डान्स, एक्टिङ र सिङगिङ र इन्स्टुमेन्टल मोडेलिङ गरी ६ विधामा प्रतिस्पर्धा गरिएको थियो ।

    नेपालबाट सहभागी भएका समिप न्यौपानेले आफ्नो अद्भूत गिटार प्रस्तुति मार्फत् सबैको मन जितेका थिए ।

    नेपालको तर्फबाट यो कार्यक्रम स्मार्ट गफ कम्पनी क्mबचत न्गाा ऋयmउबलथ मार्फत् नेशनल डाइरेक्टर प्रमिला सिलवालको प्रतिनिधित्वमा सम्पन्न भएको हो ।
    प्रमिला सिलवालले यसअघि पनि France, United Pageants USA, Thailand Heritage, Georgia, Fitness, Vietnam, Mexico – Universal Global, Cultural Heritage Indonesia जस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा नेपालको प्रतिनिधित्व गर्दै आइरहेकी छिन् ।

    अब समिप न्यौपाने आगामी जनवरीमा Georgia / Mexico मा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न तयारी गरिरहेका छन् ।
    समिपको यो यात्रा केवल व्यक्तिगत सफलतामात्र होइन– यो नेपालका युवा प्रतिभाहरूको सम्भावनाको पनि उदाहरणका रुपमा लिइएको छ ।

    अवार्ड लिंदै न्यौपाने

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार