Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वराष्ट्रपति भण्डारीले लिइन् प्रतिलिपि नागरिकता


    मंगलबार, कार्तिक १८ २०८२
    500
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिलिपि नागरिकता लिएकी छन् ।

    २४ भदौमा जेनजी आन्दोलनको क्रममा उनको निवासमा तोडफोड र आगजनी भएको थियो । त्यसक्रमममा उनको नागरिकता पनि जलेको थियो ।

    जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट उनले आज प्रतिलिपि नागरिकता लिएकी हुन् । उनले प्रतिलिपि नागरिकता पाऊँ भनेर निवेदन दिएपछि विभिन्न सरकारी निकायमा रहेका उनको नागरिकताको प्रमाणपत्रको फोटोकपी र डिजिटल डाटा अनुसार नागरिकताको प्रतिलिपि नागरिकता दिइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार