काठमाडौं । जेनजी आन्दोलनको दमन र भोलिपल्ट नख्खु कारागारमा भएको आगजनी तथा कैदी भागेको घटनाको जाँच गर्न गठित आयोगले सोमबार नख्खु पुगेर थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग सोधपुछ गरेको छ ।
आयोगको टोलीले कारागारको समग्र अवस्था निरीक्षण गर्दै लामिछानेसहित नाइके, भाइ-नाइके र अन्य कैदीबन्दीसँग विस्तृत कुराकानी गरेको हो । भदौ २४ मा आन्दोलनकारीको भीड कारागार छिरेपछि लामिछाने बाहिर निस्किएका थिए ।
त्यसपछि सयौँ कैदी फरार भएको आरोप छ । रवि र रास्वपाले भने जेलर सत्यराज जोशीले जारी गरेको पत्रका आधारमा लामिछाने कानुनी रूपमै थुनामुक्त भएको दाबी गरेका छन् ।
आयोगले आइतबार जोशीसँग सोधपुछ गरे लगत्तै सोमबार लामिछानेलाई भेटेको हो । सोधपुछमा लामिछानेले जेलबाहिर निस्कनुपरेको बाध्यता, जेलरको पत्र, भीडको दबाब, सुरक्षा कमजोरी र फुत्केका कैदीको अवस्थाबारे आफ्नो धारणा राखेका छन् ।
आयोगले सबै पक्षको बयान लिएर वस्तुस्थिति पत्ता लगाइ रहेको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने भैरहवाबाट नख्खु सरुवा भएका थिए। आयोगले आइतबार प्रहरी हेडक्वार्टरलाई पत्र पठाएर भदौ २३र२४ मा ड्युटीमा रहेका सबै प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न सर्कुलर जारी गराएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend