Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाउन्नेमा १० किलोमिटर गाडीको जाम, वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको अनुरोध


    सोमबार, कार्तिक १७ २०८२
    500
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्डको दाउन्नेमा गाडी नचलाउन प्रहरीले अनुरोध गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरले एक सूचना जारी गर्दै पानी पर्न छाडे पनि सडक हिलो र चिप्लो रहेका कारण दाउन्नेको पूर्वी र पश्चिम खण्डमा सवारी साधनको लामो लाइन लागेकाले गाडी नचलाउन अनुरोध गरेको हो ।

    प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाने अर्थात बर्दघाटबाट दुम्किबास जाने सवारीसाधन पास भए पनि पूर्वबाट पश्चिम जाने सवारीसाधन पास हुन सकेका छैनन् । सडक हिलो र चिप्लो हुँदा उकालोमा सवारीसाधन चढ्न नसक्दा ठाउँठाउँमा बिग्रिएकोले लामो लाइन लाग्नुका साथै सडक एकतर्फी भएको छ ।

    उक्त सडकमा हजारौं संख्यामा सवारीसाधनको लाम १० किलोमिटरभन्दा लामो छ । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डमा विगत ५ दिनदेखि यातायात सञ्चालनमा समस्या भएको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय नवलपुरले दाउन्ने सडकको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार