काठमाडौं । गोपाल किराँती नेतृत्वको ‘देशभक्त समाजवादी मोर्चा’ माओवादी केन्द्रमा समाहित भएको छ । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र मोर्चाका अध्यक्ष किराँतीले तीन बुँदे सहमती गर्दै किराँती नेतृत्वको मोर्चा माओवादी केन्द्रमा समाहित भएको पत्र सार्वजनिक गरेका हुन् ।
हालको राजनीतिक अस्थिरताका बिच देशलाई सही दिशातर्फ लैजाने उद्देश्यसहित कात्तिक १५ गते नै दुई दलबीच यस्तो सहमती भएपनि पत्र भने आज मात्रै सार्वजनिक गरिएको हो ।
सार्वजनिक सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, समाजवादी राज्य–व्यवस्थाको कार्यान्वयन र दलाल–नोकरशाही पुँजीवादी शासन अन्त्य गर्न एकीकृत समाजवादी ध्रुवीकरणको आवश्यकता औंल्याइएको छ ।
जसअनुसार पहिलो बुँदामा विगतका वैचारिक, राजनीतिक र सांगठनिक कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्न कार्यटोली गठन गरी दस्तावेजीकरण गर्ने उल्लेख छ । सो प्रक्रियाबाट वर्गीय तहबाटै नयाँ आधारमा एकता र रुपान्तरणको दिशा तय गरिने बताइएको छ ।
दोस्रो बुँदामा गोपाल किरातीले विकसित गरेको “देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्र” विषयमा पार्टीभित्र व्यवस्थित छलफल गरी पूर्ण जनवादका आधारमा निर्णय लिने उल्लेख छ ।
तेस्रो बुँदामा उक्त सहमति कार्यान्वयनका लागि गोपाल किराती नेतृत्वका माक्र्सवादी क्रान्तिकारीहरु नेकपा ९माओवादी केन्द्र०मा ध्रुवीकृत हुने निर्णय गरिएको छ ।

काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend