काठमाडौँ। मन्त्री बन्ने सूचीमा परेर पनि शपथ खाने बेला नाम काटिएका खगेन्द्र सुनारले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।
दलित अधिकारका अभियन्ता सुनारले आफू राजनीतक पार्टी गठनको तयारीमा रहेको बताएका छन्।
यसका लागि उनले पार्टीको नाम, झन्डा, चुनाव चिह्न तथा एजेन्डा के कस्तो राख्दा ठिक होला भनेर सामाजिक सञ्जालमा सुझाव मागेका छन्।
‘हामी राजनीतिक पार्टी निर्माणको तयारीमा जुटिरहेका छौँ। पार्टीको नाम, चुनाव चिह्न, झन्डा, एजेन्डा के कस्तो राख्दा ठिक होलारु तपाईँको सुझाव के छ’, उनले भनेका छन्, ‘र, पार्टीमा आबद्ध हुन चाहने साथीहरू पनि सम्पर्कमा आउनूस्।’
यही कात्तिक ९ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न ठिक्क परेका बेला सुनारका मुद्दासम्बन्धी विवाद सार्वजनिक भएपछि प्रधानमन्त्री सुशीला कार्कीले नाम हटाएकी थिइन्।
जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठनसँगै प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि निर्वाचन तोकिएयता राजनीतिक दल गठन गर्ने क्रम बढेको छ।
आइतबार मात्र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगबाट श्रम संस्कृति पार्टीको दर्ता प्रमाणपत्र लिएका छन्।
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend