Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • प्रचण्डलाई भेट्न पेरिसडाँडा पुगे माधव नेपाल


    आइतबार, कार्तिक १६ २०८२
    585
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल पेरिसडाँडामा छलफलमा जुटेका छन्।

    स्रोतका अनुसार छलफलको मुख्य विषय पार्टी एकता रहेको छ । पेरिसडाँडामा एकता कार्यदलको छुट्टै बैठक पनि चलिरहेको छ।

    हाल दुई दलबीच पार्टीको नाम, चुनाव चिह्न र नेताहरूको जिम्मेवारी बाँडफाँटमा अन्तिम सहमति हुन बाँकी रहेको छ । यही कात्तिक २० गते पार्टी एकता घोषणा गर्ने तयारी गरिएको छ ।

    यसैबीच‍, पार्टी एकता घोषणा यही कात्तिक २० गते हुने भएको छ । माओवादी केन्द्र सचिवालय बैठकले कात्तिक २० गते काठमाडौंमा एकता घोषणा कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

    कात्तिक २० मा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन (मिलन सी)समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच एकताको घोषणा हुँदैछ ।

    एकतापछि नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ राख्ने सहमति भएको छ भने राजनीतिक सिद्धान्तबाट माओवाद हटाएर मार्क्सवाद–लेनिनवाद मात्र राखिने छ । एकता प्रक्रियामा रहेका दलका नेताहरुले एकता घोषणा गरी निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने तयारी गरेका छन् ।

    आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्न भनेको छ ।

    यता, पार्टी एकताको विरोध गर्दै आएका माओवादी केन्द्रका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका झलनाथ खनालले हालको पार्टीलाई नै पुनस् गठन गर्ने गरी गृहकार्य गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार