Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


    आइतबार, कार्तिक १६ २०८२
    685
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ११ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

    सरकारले ११ देशका राजदूतलाई कात्तिक २० गतेभित्रमा फर्किसक्न निर्देशन दिएको थियो । तर सरकारको उक्त निर्णयविरुद्ध सुनिल भट्टराई, लक्ष्मीप्रसाद रेग्मी र प्रतिभा उप्रेतीले रिट दायर गरेका थिए ।

    उनीहरूले सरकारको उक्त निर्णय कार्यान्वयनमा तत्काल रोक लगाउन आवश्यक रहेको भन्दै अन्तरिम आदेश माग गरेका थिए । निवेदकको माग बमोजिम अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार