Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • आजदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने


    आइतबार, कार्तिक १६ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आजदेखि सबै सरकारी कार्यालयहरू अपराह्न ४ बजेसम्म मात्रै खुला रहने भएका छन्।

    जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने प्रावधान अनुसार आजदेखि माघ १६ गतेसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुनेछ।

    सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै कार्यालय समय तोक्छ। जसअनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने व्यवस्था छ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने व्यवस्था छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार