Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन, एक युवक पक्राउ


    आइतबार, कार्तिक १६ २०८२
    550
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न पुगेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गर्न पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    जेनजी आन्दोलनको घटनामा ओली र लेखकसहित काठमाडौंका तत्कालीन सीडीओ छवि रिजालसमेतलाई पक्राउ गर्नुपर्ने भन्दै केही युवाहरू प्रदर्शनमा उत्रिएका थिए ।

    माइतीघर क्षेत्रमा केहीबेरदेखि सवारी आवागमन समेत अवरुद्ध हुनेगरी युवाहरू प्रदर्शनमा छन् ।

    यसअघि पक्राउ परेर गाँजा सेवन गरिएको भेटिएका अभियन्ता निकोलस भूसालसमेतले आज माइतीघरमा प्रदर्शन गर्ने बताएका छन् ।

    प्रशासनले यसअघि नै काठमाडौंका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र घोषणा गर्दै प्रदर्शनमा रोक लगाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार