Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नियमित महाधिवेशनको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा तालाबन्दी


    आइतबार, कार्तिक १६ २०८२
    605
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका छन् ।

    नियमित महाधिवेशनको माग राखेर उनीहरूले पार्टी कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् । उनीहरूले महाधिवेशनमा युवा प्रतिनिधित्वको सुनिश्चितता गर्न माग गरेका छन् ।

    पार्टी अनिर्णियको बन्दी भएको भन्दै छिटो निर्णय गर्नका लागि युवाहरूले तालाबन्दीपछि प्रदर्शन समेत गरेका छन् ।

    २८ असोजदेखि सुरु भएको केन्द्रीय समितिको बैठक पटक(पटक स्थगित हुँदै आएको छ । शुक्रबारका लागि बैठक डाकिएको थियो । तर बस्दै नबसी बैठक आजका लागि सारिएको थियो । तर आजको बैठक पनि नबसी मंगलबारका लागि सारिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार