Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत वाम पार्टीको बैठक कात्तिक २० मा गर्ने माओवादीको निर्णय


    आइतबार, कार्तिक १६ २०८२
    530
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गरेर संयुक्त बैठक कात्तिक २० गते बस्ने निर्णय गरेको छ । त्यसअघि माओवादीको केन्द्रीय समिति बैठक १८ गते बस्ने प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

    आज बिहान पेरिसडाडामा बसेको सचिवालयको बैठकले नेकपा एससहितका वाम घटकसँग एकता गर्ने निर्णय अनुमोदन गर्दै संयुक्त अधिवेशन गर्ने निर्णय समेत गरेको छ । सचिवालय बैठक जनार्दन शर्माले भने बहिस्कार गरेका छन् ।

    शुक्रवारको बैठकमा पनि आफ्नो फरक राखेर हिँडेका शर्मालाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैको कुरा सुन्न आग्रह गर्दा पनि नमानेको सापकोटाले बताए । शनिवारको बैठक बहिस्कार गरेका शर्माको शैलीलाई पार्टीले अराजक र अनुशासनहीन भनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार