Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • कुलमानको प्रतिबद्धतापछि बञ्चरेडाँडामा फोहोर फाल्न जुट्यो सहमति


    आइतबार, कार्तिक १६ २०८२
    600
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सहरी विकास मन्त्री कुलमान घिसिङले बञ्चरेडाँडाका स्थानीय बासिन्दाको माग १५ दिनभित्र पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

    चार दिनदेखि उपत्यकाको फोहोर फाल्न रोकिएपछि आज बिहानै ल्याण्डफिल साइट पुगेका उनले १५ दिनभित्र स्थानीयको माग पूरा गर्ने प्रतिवद्धता जनाएका हुन् ।

    उनले स्थानीयको माग पूरा गर्ने प्रतिवद्धता जनाएसँगै तत्काललाई बञ्चरेडाँडाको अवरोध हटेको छ । ककनी गाउँपालिका ३ का वडाध्यक्ष घननाथ बजगाँईले मन्त्री घिसिङको प्रतिबद्धतापछि फोहोर फाल्न दिइएको जानकारी दिए ।

    उनका अनुसार अहिले रोकिएको गाडीहरू बञ्चरेडाँडामा पुग्न थालिसकेका छन् । काठमाडौं महानगरपालिका सहित उपत्यकाका स्थानीय तहबाट बञ्चरेडाँडामा फोहोर दैनिक १५० गाडी भन्दा धेरै जाने गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार