Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा जारी रास्वपाको वृहत् राजनीतिक संवादमा बाबुराम र रेशम पनि सहभागी


    शुक्रबार, कार्तिक १४ २०८२
    695
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आयोजनामा बृहत् राजनीतिक संवाद सुरु भएको छ ।

    रास्वपाका उपसभापति एवं उच्च संवाद समिति संयोजक डा। स्वर्णिम वाग्लेको अगुवाईमा काठमाडौँको एक रिसोर्टमा उक्त कार्यक्रम केहीबेर अघिबाट सुरु भएको हो ।

    कार्यक्रममा परिवर्तनका पक्षधर राजनीतिक दल, शक्ति र समूहहरू सहभागी भएको सो पार्टीले जनाएको छ । जेनजी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास’ विषयक डा वाग्लेले स्वागत मन्तव्य राख्दै बहसको उद्देश्यबारे प्रस्ट पारेका छन् ।

    संवादमा सहभागी हुन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नाउपा, नेपालका संरक्षक रेशम चौधरी, रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले लगायत सहभागी छन् ।

    संवादमा नयाँ राजनीतिक अभ्यास र अबको आवश्यकताबारे पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले धारणा राखिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार